सचेततामुलक डकुमेन्ट्री प्रदर्शन ।

Home News सचेततामुलक डकुमेन्ट्री प्रदर्शन ।

सचेततामुलक डकुमेन्ट्री प्रदर्शन ।

Date: February 28, 2024

आज मिति २०८० फागुन १६ गते बुधबारका दिन सत्यवती गा. पा. महिला बिकास शाखाको आयोजनामा समाज हुने गरेका बाल बिबाह ,बालश्रम शोषण ,बाल यौन दुर्ब्यबहार न्यूनीकरण सम्बन्धी सचेतनामूलक डकुमेन्ट्री चलचित्र "जुना " कक्षा ५ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा अभिभावक बीच प्रदर्शन भयो। यो डकुमेन्ट्री निकै मार्मिक ,हृदयबिधारक ,समय सान्दर्भिक र प्रभाकारी लाग्यो । यो कार्यक्रमले अझै पनि समाजमा हुने गरेका बाल बिबाह ,बाल यौन दुर्व्यवहार ,छाउपडी प्रथा उन्मुलन तथा न्युनिकरण गर्न सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्नेछ । बिशेष आभार तथा कृतज्ञता सत्यवती गाउँपालिकाको उपाध्यक्ष श्री निरमाया तरामु मगर एवं सत्यवती गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय र सत्यवती गाउँपालिका महिला बिकास शाखालाई धेरै धेरै धन्यवाद ।