लक्ष्मीपुर स्काउट ट्रुपको दिक्षान्त समारोह -२०८० सम्पन्न।

Home News लक्ष्मीपुर स्काउट ट्रुपको दिक्षान्त समारोह -२०८० सम्पन्न।

लक्ष्मीपुर स्काउट ट्रुपको दिक्षान्त समारोह -२०८० सम्पन्न।

Date: March 01, 2024

नेपाल स्काउट,लुम्बिनी प्रदेश ,श्री लक्ष्मीपुर माध्यमिक विद्यालय सत्यवती -२,चेहेमी,गुल्मी लक्ष्मीपुर स्काउट ट्रुपमा आबद्ध( Boy's & Girl's Member) विद्यार्थी भाइबहिनी आज मिति २०८० फागुन १८ गते शुक्रबारका दिन आयोजना गरिएको भब्य समारोहका बीच दिक्षित गरिएको छ। विद्यालय ब्यबस्थापन समिति अध्यक्ष श्री गुणदेव कुँवरको अध्यक्षता ,सत्यवती गाउँपालिका ,गुल्मीका अध्यक्ष श्री टिकाराम पाण्डे ज्युको प्रमुख आतिथ्यता,सत्यवती वडा नं.- २का वडाध्यक्ष श्री खड्गवीर थापा ,सत्यवती गाउँपालिका स्थानीय स्काउट आयुक्त श्री कृष्ण पुलामीज्युको विशेष आतिथ्यमा रहेको कार्यक्रममा ,बि.ब्य.स.पदाधिकारी ,शि.अ.सं पदाधिकारी तथा स्काउट विद्यार्थीहरुका अभिभावकहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रम संचालन स्काउट मास्टर श्री शेर बहादुर कुवरले गर्नुभएको थियोे । कार्यक्रम आमन्त्रित अतिथि ज्यु , कार्यक्रम सफल पार्न अहोरात्र खट्नुहुने शिक्षक , प्यारा विद्यार्थी भाइबहिनी सबैलाई धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्दछौं ।