Principal's Message

Home Principal's Message
Principal's Message

सम्पूर्ण अभिभावक ज्यू , शिक्षा प्रेमी महानुभावहरु, युवा बुद्धिजीवीहरु साथै भाईवहिनीहरु यस श्री लक्ष्मीपुर मा.वि. लाई मिति २०२४ सालमा यस स्थानमा स्थापना भएको लक्ष्मीपुर प्रा.वि. लाइ क्रमशः मा.वि. तहको कक्षा  १२ सम्म सञ्चालन गर्न जुन अग्रजहरुको त्याग वलिदान दिनु भयो त्यसैको परिणाम हामी आफ्नै घर आगनमा मा.वि. तहसम्मको शिक्षा आर्जन गर्न पाएका छौ । तसर्थ विद्यालयका संस्थापक अग्रजहरु जो स्वर्गबास हुनुभयो उहाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । जो हाम्रो समिपमा हुनुहुन्छ उहाहरुप्रति उच्च सम्मान गर्दै हार्दिक कृतज्ञता अभिव्यक्त गर्दछु ।
यस विद्यालय आधारभूत तह १–५ मात्र स्थायी भएको र अव यसलाई कक्षा तथा तह थप्दै अगाडी बढाउनुपर्छ भनि कक्षा ६–१२ सम्म अस्थायी अनुमति प्राप्त गरि सञ्चालन गर्न स्वर्ण महोत्सव (२०७३) आयोजना तथा सम्पन्न गर्न अहोरात्र खटिनु हुने आजीवन संरक्षक, आजीवन सदस्य तथा चन्दादाता, अभिभावक, युवा, बुद्धिजीवी, शिक्षाप्रेमी महानुभाव, आमासमूह, क्लब सम्पूर्णमा विद्यालयको प्रधानाध्यापक तर्फबाट हार्दिक नमन गर्दछु ।
चन्दाकै भरमा यस विद्यालयको नि.मा.वि. देखि मा.वि. (कक्षा–१२) सम्म सञ्चालन गर्न जुन उत्साह, आट र हिम्मतका साथ निरन्तर अगाडी बढ्नु भएको छ । त्यसको उच्च सम्मान गर्दै तपाई हाम्रा विद्यार्थी भाईवहिनीहरुलाई वर्तमान समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने असल नागरिक बनाउन विद्यालयका सबै शिक्षक साथीहरु निरन्तर लागि पर्ने छौ । शहरिया शिक्षाको तिर्सना गाउँकै विद्यालयबाट मेटाउन प्रयाशरत रहने प्रतिवद्धता व्यक्त गर्दै निरन्तर सुझाव तथा सहयोगको अपेक्षा राख्दछु ।